केही अनलाईन मिडियामा प्रदेश नम्बर १ को प्रदेश सरकारको मन्त्रीमण्डल परिवर्तन हुँदै भनि उल्लेख गरेर समचार प्रचारप्रसार भएपनि यसमा कुनै सत्यता नभएको १ नम्बर प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
उक्त मन्त्रीमण्डल परिवर्तन गर्दा आर्थिक तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमलाई हटाउदै भनेर उल्लेख गरिए पनि यसमा कुनै सत्यता नभएको जनाएको छ । यस विषयमा सम्बन्धित मन्त्रीसँग बुझ्दा केही अनलाईन मिडिया र पत्रकारले झूठको खेती गरिरहेको प्रतिक्रिया दिएका छन् । “केही तथाकथित पत्रकारहरु पत्रकारिताको धर्मलाई धज्जी उडाउँदै भ्रमको खेती गरिरहेका छन्,यो सरासर फटाई काम हो ”,मन्त्री आङबोले भने,“नेतालाईभन्दा पत्रकारलाई बढी उपनिर्वाचन लाग्यो जस्तो छ,यस्तो हल्लाले नेकपालाई अझ बलियो बनाउँछ । ”
यहिँ मंसिर १४ गते देशभर उपनिर्वाचन हुँदैछ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको एक–एक वडामा उपनिर्वाचन हुँदैछ । यहि सिलसिलामा नेकपा पाँचथरको जिल्ला इन्चार्जसमेत रहेका आङबोलाई बदनाम गराउन सुनियोजित रुपमा प्रहार भइरहेको जनाएको छ । पछिल्लो चरण पाँचथर जिल्लाको विकासमा मात्र होइन सिङगो प्रदेशकै विकास र परिवर्तनको लागि प्रदेश सरकारको भूमिकामा मन्त्री आङबोको भूमिका अब्बल र प्रभावकारी बन्दै आएको छ । गतिशील र प्रतिभाशाली मन्त्रीको रुपमा छवि बनाउँदै गरेको आङबो अहिले प्रदेशभरि विकासप्रमी,न्यायप्रेमी नेताको रुपमा स्थापित हुँदै गएकाले प्रतिपक्षि पार्टीको टाउको दुखाइको विषय बन्न पुगेको प्रतिकृया उनको सचिवालयले दिएको छ ।
७ मंसिर २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया