![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/75341066_837384060060003_8264912254680432640_n.jpg?resize=720%2C540)
पाँचथर ,मंसिर ६ फाल्गुनन्द /फाल्गुनन्द गाउँपालिकामा वडा नम्बर १ साविक नवमीडाँडा ४ बाट नेपाली कांग्रेस परित्याग गरी १०२ जना नेता कार्यकर्ता नेकपामा प्रवेश भएका छन् । नवप्रवेशीहरुलाई १ नम्बर प्रदेशका आर्थिक तथा योजना मन्त्री एवं नेकपा पाँचथर जिल्ला इन्चार्ज इन्द्र बहादुर आङबो (माैसम)द्धारा स्वागत गरेका थिए ।
प्रवेश गर्नेहरुमा सिद्धेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जयनारायण दुलाल, स्थानीय अगुवाहरु नन्दिकेशर हुमागाँई, पदम प्रसाद दुलाल, चन्द्रबहादुर ढकाल, कर्मा मोक्तान, सुकबहादुर आङदेम्बे, रामकुमार आङदेम्बे, सुकमाया तामाङ, सुमति ढकाल, सागर चापागाई, दुर्गाप्रसाद चापागाई, लक्ष्मीप्रसाद चापागाई, प्रेमबहादुर राई, नेवि संघका पूर्व क्षेत्रीय सदस्य साजन आङदेम्बे लगायत नेकपामा प्रवेश गरेका नेकपाका पाँचथर सह-इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले बताए ।
चुनावी कार्यक्रमको अवसरमा नवप्रवेशी नन्दिकेशर हुमागाँईले आफूहरुले पुस्तौँदेखि पीडा सहँदै आएको र यहाँका समस्या समाधानमा नेकपाले अग्रसरता देखाएकाले आफूहरु नेकपामा प्रवेश गरेको वताएका थिए । खानेपानी, विद्युत, सडक जस्ता अत्यावाश्यक पूर्वाधार नहुँदा बसाई सर्ने अवस्था नेकपाले अन्त्य गर्न लागेको भन्दै हुमागाइँले खुसी ब्यक्त गरेका थिए ।
प्रदेश सरकारले आफूहरुले अपेक्षा गरेभन्दा बढी बजेट दिएको उल्लेख गर्दै उनले विकासकाे संवाहककाे रुपमा स्थापित गराउन नेकपालाई काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका थिए । “हामीलाई धन सम्पत्ति पैसा चाहिएको होइन् , सेवा सुविधा मात्रै चाहिएको हो” उनले भने ।
प्रतिक्रिया