३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्य खबर

अखिलको केन्द्रीय सदस्य इन्द्रहाङ राई जेल चलान



युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहिबार थुनामा पठाउन आदेश दिएसंगै थुनामा पठाइएको हो ।

प्रहरीले गत असोज १२ गते काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर १८ वर्षीया युवतीमाथि बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई नियन्त्रणमा लिई अनुसन्धानमा राखेको थियो । अनुसन्धानमा राई दोषी देखिएकाले थुनामा पठाइएको हो ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००