मन्त्रीमन्डल पुनर्गठनपछि पहिलो पटक बिहीबार साँझ मन्त्रिपरिषद बैठक बस्दै छ।
५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ,’ थापाले भने, ‘साढे ५ बजे पत्रकार सम्मेलन पनि छ। प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा केही कुरा भन्नुहुन्छ।’
प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री गरी नौ मन्त्री समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका थिए।
प्रतिक्रिया