![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/IMG_5714-1024x653.jpg?resize=720%2C459)
सत्तारुढ नेकपा पार्टीको सचिवालय बैठक बालुवाटरमा जारी छ । यस बैठकले
निम्न मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाउने गरी बैठकले निर्णय गर्न लागेको स्रोतले जनायो । स्रोतकाअनुसार अहिलेसम्म पूर्व माओवादीबाट कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई हटाउने करिव निश्चित भएको छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ ।
नयाँ मन्त्री को–को बनाउने भन्ने विषयमाथि छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/List-of-Ministery-558x768.jpg?resize=558%2C768)
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/List-of-Ministery-2-558x768.jpg?resize=558%2C768)
प्रतिक्रिया