काठमाडौं ३ मंसिर । नेपाल आयल निगमको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको हो ।
ना ४ ख ४१६३ नम्बरको ट्यांकर २० किलोलिटर डिजल लिएर जाँदै गर्दा सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
प्रतिक्रिया