![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/06/crime-logo-tudikhel-nepali.jpg?resize=720%2C380)
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा अझै पत्ता लागेका छैनन् ।
गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो ।
सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै अपराधी पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धानको काम जारी रहेकोे जनाएको छ ।
सापकोटाका अनुसार अहिलेसम्ममा दुई पटक केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो ।
प्रतिक्रिया