२ मंसिर, सल्यान । सल्यान सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर शिक्षण पेशा अंगालेका छन् ।
शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटा अन्तर्गत मुस्ताङबाट नाम निकाल्न सफल भएपछि उनले बुढाले वडाध्यक्ष पदबाट राजीनामा दिएर शिक्षण पेसामा लागेका हुन् ।
बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी भएका थिए । ‘वडाध्यक्षलाई न त अधिकार दियो न सुविधा नै, बिना अधिकार जनताको लागि कुनै पनि प्रभावकारी काम काम गर्न नसकिने निस्कर्ष सहित पद ओगटेर बस्न उचित नभएको भन्दै शिक्षण पेशा अंगाल्नु परेको उनले बताए बुढामगरले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।’
बुढामगरले दिएको राजीनामा बुधबार गाउँपालिकाले स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।
प्रतिक्रिया