
१ मंसिर, कामाडौं । अतिक्रमीत भूमि कालापानि फिर्ता गर्नुका साथै सीमा रक्षा सम्बन्धी प्रधानमत्रीले कुनै पनि चासो नदेखाएको प्रमुख नेपाली कांग्रेसले आरोप लगाएपछि प्रधानमन्त्री खेपी शर्मा अोलीले यो सरकारले विदेशी फौज फिर्ता गराई छाड्ने दावी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने उद्घोष गर्दै कालापानीबाट मिचिएको भूमि तत्काल फिर्ता गर्दै सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।
नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको दावी गरे ।
प्रधानन्त्री ओलीले अहिले आएर सिमाना नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै छिमेकीसँग कुनै तनावबिना कुटनीतिक संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।
‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ सबैलाई आग्रह गर्न चाहन्छु सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान चाँडै गर्छ ।’
प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पारे । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उनले भने ‘नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं ।
प्रतिक्रिया