२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवार अपरान्ह बस्ने तयारी



मंसिर १, २०७६ काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवार अपरान्ह बस्ने तयारी भइरहेको जनाइएको छ । मन्त्रीमण्डका सदस्य परिवर्तनको चर्चा चलिरहेका बेला नेकपा सचिवालयको बैठक बस्न लागेको हो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्र केपी शर्मा ओलीले आफ्नो सचिवालयका केही सहयोगी हेरफेरपछि मन्त्रीहरु फेर्ने तयारी भइरहेको हो । तर एकीकृत पार्टीका आयोगको नेतृत्व टुंग्याएपछि सचिवालय बस्न सकेको थिएन। आज बस्ने सचिवालय बैठकको प्रमुख एजेन्डा मन्त्री हेरफेर र प्रधानमन्त्री ओलीको अमेरिकामा हुन लागेको मिर्गौला प्रत्यारोपण हुने स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले ६ जना भन्दा धेरै मन्त्री हेरफेरको तयारी गरेको दाबी स्रोतको छ। बाहिरिने र भित्रिने मन्त्रीहरुको टुंगो आजको सचिवालय बैठकले लगाउन सक्ने जनाइएको छ ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार ००:००