१ मंसिर, काठमाडौं । सीमा अतिक्रमणको विरोधमा निस्किएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका उनीहहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो ।
अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । सीमा विवादको विषयमा नेपाल सरकारले कुटनीतिक पहल थालेको जनाएको छ भने प्रमुख प्रतीपक्षी दलले भने सरकारले यो विषयमा कुनै चासो नदेखााएको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया