१ मंसिर, काठमाडौं । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने मुल नाराका साथ बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीमा नेपालमै पहिलोपटक लुम्बिनी न्युज फेस्टिबल आजबाट सुरु हुँदैछ । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो
कार्यक्रममा नेपालका राष्ट्रियस्तरका पत्रिका, टेलिभिजन र अनलाइनका सम्पादकहरू तथा नेपालस्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूसमेत तीन सय बढी पत्रकारहरू सहभागी हुने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कायृक्रम रहेको छ छ । मंसिर ३ गतेसम्म चल्ने न्युज फेस्टिबललाई रुपन्देहीको ब्राण्डका रुपमा स्थापित गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए । फेस्टिबलमा बिभिन्न आठ शीर्षकमा प्यानल डिस्कसन समेत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया