१ मंसिर, काठमाडौं । आठौं कर दिवसको अवसरमा गत आर्थिक वर्ष ०७५÷७६ मा बढी कर तिर्ने उत्कृष्ठ विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूलाई सम्मान गरिएको छ । आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी अर्थमन्त्री युवराज खतिवडाले १५ विधाका उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन् । नेपाल सरकारको तथ्याङ्कमा सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बन्न सफल भएका छन् ।
अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर बुझाउनेमा डाबर नेपालले रहेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा रहेको अर्थमन्त्रालयले जनाएको छ ।
कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले सरकारलाई बढी कर बुझाएका छन् ।
अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ ।
गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ ।
प्रतिक्रिया