१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Uncategorized

आलमविरुद्ध आदेशको अन्तिम दिन, सुरक्षामा कडाई



कात्तिक २९, २०७६ रौतहट ः नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अफ्ताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस आज सकिएको छ। जिल्ला अदालत रौतहटमा एक हप्तादेखि जारी थुनछेक बहस शुक्रबार दिउँसो सकिएको जनाइएको छ ।

आलमविरुद्ध पुर्पक्षको आदेश हुनसक्ने भएकाले सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत वरपरको स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासबाट पुर्पक्षको आदेश प्रतीक्षा गरिएको हो । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीका अनुसार शुक्रबार बहस सकिएको र न्यायाधीश ढकालले पुर्पक्षको छिनोफानोसहित आदेश दिने बताए कार्यक्रम रहेको छ । आलमले विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा अभियोगमा मुद्दा चलिरहेको छ । आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेकाले उनको विषयमा आज थुनछेक आदेश जारी हुने भएको हो ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार ००:००