१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

समाचार

सचिवालयबाट ६ जनालाई विदा दिए प्रधानमन्त्री ओलिले



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सचिवालयबाट ६ जनालाई एकै साथ विदा दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयबाट विदा भएर जानेहरुमा अधिकांश प्रेससँग सम्बन्धित टोली छन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलले सचिवालयबाट बिदा पाएका हुन्।

त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने (डिकोडर) उदय पोखरेल छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने प्रधानमन्त्रीले यथावत् राखेका छन्।

उनीहरुले मंसिर १ गतेदेखि लागू हुनेगरी यसअघि नै राजीनामा दिसकेका थिए। ‘प्रधानमन्त्रीलाई सेवा आवश्यक हुने रहनु भएको छ’ सचिवालयका एक सदस्यले भने, ‘सेवा आवश्यक नठान्नु भएकाहरु बाहिरिनु भएको छ।’

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार ००:००