
सवैको जीवनमा संगत एवं साथीको महत्व अधिक हुन्छ । सवैको आआफ्ना किसिमको सम्बन्धहरु हुन्छ, जीवन विताउने सिलसिलामा अनेक किसिमका साथीहरुसँग नाता जोडिन पुग्छ । स्वाभाविक रुपमा जीवनमा कस्तो साथी बनाउने ? कस्तो व्यक्तिको संगत गर्ने ? भन्ने कुरा व्यक्तिको निर्णयमा भर पर्दछ । त्यसैले तपाईसंग हजारौं संख्यामा ठोकिन आइपुगेका व्यक्तिहरु साथी बनाउन सम्भव छैन् । तसर्थ कस्तो व्यक्तिसँग संगत गर्ने ? कस्तो व्यक्तिलाई साथी बनाउने र कुन हदसम्म सम्बन्ध विस्तार गर्ने ? सम्बन्धमा चाणक्य नीतिलाई हृदयबाट नै आत्मासाथ गर्ने हो भने तपाई खराबसंगतबाट हुने पीडाबाट मुक्त हुन सक्नु हुनेछ ।
चाणक्य नीतिको दोस्रो अध्यायको पाँचौ श्लोकमा उल्लेख गरिएको छ
परोक्षे कार्र्यहन्तारं प्रत्यक्ष प्रियवादिनम् ।।
वर्जयेतदृशं मित्रं विषकुंभम् पयोमुखम् ।।
भावार्थ
सामुन्नेमा मीठो बोल्ने,प्रशंसा गर्ने तर पछाडि पछाडि कुरा काट्ने,उछितो काट्ने र गलत नियतका साथ विभिन्न प्रयत्न गरिरहने व्यक्तिहरुको संगत कुनै हालतमा नगर्नुहोस् । यसप्रकारको व्यवहारको संगत मिल्ने वितिकै उसंगको सम्बन्ध तोड्नुमा नै तपाईका हित हुन्छ । जसले तपाईलाई ‘मुखमा राम राम बगलीमा छुरा’ भन्ने उखानले भरिपूर्ण खालका व्यवहार गर्छ उसंग होसियार रहनु नै राम्रोे हुनेछ । कोही साथी यस्ता हुन्छन् मुखले दूध जस्तै मीठो ढंगमा ठीक पार्ने तर व्यवहारमा उल्टो विष भर्ने गर्छन् भने यसप्रकारको संगतले तपाईलाई अधिक पीडा मात्र होइन ठूलो क्षति पु¥याउन सक्दछ तसर्थ यसप्रकारको संगतबाट तपाई बच्नु नै उत्तम हुनेछ ।
चाणक्य नीतिको दोस्रो अध्यायको छैटौं श्लोक
न विश्वसेत् कुमित्रे च मित्रे चापि न विश्वसेत ।
कदाचित् कुपितं मित्रं सर्व गुहयं प्रकाशयेत् ।।
भावार्थ :
यस नीतिमा चाणक्य भन्छन् ः गलत नियत भएका मित्रमाथि विल्कुल भरोसा नगर्नुहोस् । फेरि तपाई यो पनि ख्याल गर्नुहोस् कि तपाईको असल मित्रमाथि पनि पूरै भर नपर्नूहोस् किनकी उसँग पनि कुनै दिन झगडा हुन सक्छ त्यस अवश्थामा उक्त असल मित्र भएपनि तपाईको सम्पूर्ण गोप्यकुरा पर्दाफास गरी तपाईलाई पीडाको आगोमा धकेल्न सक्दछ ।
प्रतिक्रिया