१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

पोर्न सामाग्रीको लतमा फस्दै विद्यार्थी

लागू औषध प्रयोग कर्ता र ट्राफिक जाम पथरीशनिश्चरे नगरको समस्या




मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा पनि लागू औषध प्रयोग कर्ता बढ्दै गएको प्रहरी र नगरको जनप्रतिनिधिहरुले बताएका छन ।

आज मोरङ पथरीको इलाका प्रहरी कार्यालय पथरीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बक्ताहरुले सो विषयमा चिन्ता ब्यक्त गरेका हुन ।

त्यहाँ स्थित पन्चायत उच्च माविको शिक्षिका मेनुका राईले १०(११ बर्षकै उमेरदेखि लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा विध्यार्थी लाग्ने गरेको बताए । विध्यार्थीहरुले घरबाट हिड्ने बेला स्कुल पोसाक लगाएर अर्को जोर लुगा लिएर हिड्छन । केहिबेर स्कुल बसेर क्याजुवल ड्रेस लगाएर जंगल पसेर लागू औषध प्रयोग र यौनिक मनोरञ्जनमा लाग्ने गरेको शिक्षिका राईको भनाइ छ ।

पथरी बजार उत्तर पूर्व र पश्चिममा जंगल क्षेत्र पर्दछ । विध्यालय समयमा कैयौ विध्यार्थीहरु जंगलभित्र यौनिक क्रियाकलापमा ब्यस्त भेटिने गरेको शिक्षिका राईले बताए ।

पन्चायत मावि नजिकै सुन्दर सामुदायिक वन क्षेत्र पर्दछ । त्यहाँ लागू औषध प्रयोग गरि फालिएको सिरिन्ज, औषधिको खोलहरु र प्रयोग भएका कण्डमहरु प्रशस्त भेटिने गरेको सो समूका प्रतिनिधिले बताए ।

इप्रका पथरीका प्रमुख लक्ष्मिराज अधिकारीले लागू औषध प्रयोग कर्ता घट्नु पर्नेमा बढ्दै गएको प्रती सबै लागेर न्युनिकरण गर्नु पर्ने बताए ।

नगर प्रमुख दिलिपकुमार राईले लागू औषध प्रयोग कर्ता घटाउन नगरले चाडै अभियान सन्चालन गर्ने बताए । उपप्रमुख यमुना विष्टले न्यायिक समिती समाजको विकृती बिरुदा लागिरहेको बताए ।

पथरी बजारमा दिनदिनै ट्राफिक जाम पनि समस्या बन्दै गएको छ । बजारको सडकमै पसल राख्ने, ट्याम्पू, सिटी रिक्सा जहाँपायो त्यही रोक्ने र ब्यापारिक सामान लोड अनलोड गर्दा बजारमा एक घण्टासम्म ट्राफिक जाम हुने गरेकोले त्यस तर्फ ध्यान दिनुपर्ने सहभागिहरुको सुझाव थियो ।

त्यसै गरेर सुरक्षा थप मजबुद बनाउन हसन्ह र होक्लाबरीमा प्रहरी चौकी स्थापना गर्नुपर्ने, मुख्य सडकको कानेपोखरी र जय चौकमा प्रहरी पोस्ट स्थापना गर्नुपर्ने सहभागिहरुको सुझाव थियो । कार्यक्रमा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधिहरु, संघरसंस्थाको नेताहरु, शिक्षक र सामाजिक क्षेत्रको अगुवाहरुको सहभागिता रहेको थियो ।

मोरङ जिल्लाको सुरक्षा संवेदनशील क्षेत्रको रुपमा रहेको इलाका प्रहरी कार्यालय पथरीमा २०७६ असोज ७ गतेको मन्त्री परिषदको निर्णयले प्रहरी नयव उपरिक्षक ९डीएसपी०को दरबन्दीमा ६० जना प्रहरी रहने ब्यबस्था भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार ००:००