२७ फाल्गुन २०८१, मंगलबार । March 12, 2025

Uncategorized

बेरोजगारीको अन्त्य विना समृद्धी सम्भव छैन : नेपाल



नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धीको अन्तिम विकल्प बेरोजगारी अन्त्य भएको बताएका छन् ।भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासलाई उच्च प्राथमिकता दिएर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गर्दै नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई नेकपाबाट उम्मेद्धवारी दिएका छन् । उनको जित सुनिश्चित गर्न सवै नेता कार्यकर्ता एवं भक्तपुुरबासीमा अपिल गरेका छन् । उक्त सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले भक्तपुरबाट नेकपाको जित सुनिश्चित भैसकेको दावी गरेका छन् ।

प्रकाशित : २९ कार्तिक २०७६, शुक्रबार ००:००