१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

खुकुरी प्रहारबाट प्रअ गम्भिर, खुकुरी प्रहार गरी भाग्दाभाग्दै एक पक्राउ



म्याग्दी २८ कात्तिक, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने सोही वडा बिलबाङका २७ बर्षीय रमेश पुन पक्राउ परेका छन् ।

घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका पुनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

बाटोमा हिँडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ । अहिले घाइते पुनको अवस्थामा सुधार आएको र उहाँ बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा रहनुभएको बताइएको छ ।

प्रकाशित : २८ कार्तिक २०७६, बिहिबार ००:००