रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सो आँखा शिविरवाट २३७ जनाले सेवा लिएको छ।
मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन् । शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले जानकारी दिए ।
आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए ।
न्याव आइकेर नर्वेको आर्थिक, नेपाल नेत्रज्योति सङ्घ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा सिस्ने गाउँपालिका र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको व्यवस्थापनमा निःशुल्क आँखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ । शिविरमा राप्ती आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीसहित १५ जनाको टोलीले सेवा दिएको थियो ।
प्रतिक्रिया