पाँचथर । मंसिर १४ गते हुने उपनिर्वाचनमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदका लागि नेकपा, नेपाली कांग्रेससहित आठवटा दलका उम्मेदवारले उम्मेदवारी दर्ता आज गराएका छन् ।
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाबाट वीरबहादुर कुरुङवाङ, नेपाली कांग्रेसबाट वृजहाङ आङदेङ्बे, समाजवादी पार्टीबाट बिमला आङदेम्बेले, राप्रपाबाट ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तबाट मोतीप्रसाद लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपेन चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेसनबाट उदय सुनुवार र राष्ट्रिय जनमुक्ति पार्टीबाट इच्छाबहादुर चेम्जोङले उम्मेदवारी दर्ता गरेका छन् ।
पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुई वडा अध्यक्ष पदमा उपचिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८, फिदिम नगरपालिका– १ को अध्यक्षमा ७, हिलिहाङ गाउँपालिका– ७ को अध्यक्षमा ६ जनाले उम्मेद्धवारी दिएका हुन ।
यता फिदिम नगरपालिका – १ बाट नेकपा गजाधर भट्टराई, कांग्रेसबाट शुभराज थापा, समाजवादी पार्टीबाट गौरव लामा, राप्रपा संयुक्तबाट कल्पना राई, राप्रपाबाट निलम गिरी, राप्रपा लोकतान्त्रिकबाट जानुका थाम्सुहाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वीरबहादुर केरुङले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
फाल्गुनन्द गाउँपालिकामा नेकपाको पक्षमा माहौल बढी रहेको जनाइएको छ अघिल्लो चुनावमा नेपाली काँग्रेसका तर्फबाट विजयी अमर नेम्बाङको केही महिना अघि हृदयघात भई मृत्यु भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागिरहेको हो । अहिले पूर्व माओवादी,एमाले र मालेले छुट्टाछुट्टै रुपमा चुनाव लडेका थिए । अहिले यि पार्टीहरु नेकपाको रुपमा एर्कठाउँमा रहेर चुनाव लडेकाले नेकपाले जित्ने सम्भावना बढी रहेको विष्लेषण गरिएको छ । यता फिदिम नगरपालिका १ र हिलिहाङ गाउँपालिका वडा नः७ का वडाध्यक्षमा भने नेकपा र नेपाली कांगे्रसवीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया