१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

अर्थ

शान्ति वन पदाधिकारीहरुको पद धरापमा

कनुन विपरित समिती चयन भएपछि साधारण सभा दोहोरिने संभावना



मोरङ । मोरङ पथरीशनिश्चरे नगर स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले नेपालको कानुन र वनको विधान विपरित मिलेमतोमा नयाँ समिती चयन गरेपछि पदाधिकारीहरुको पद धरापमा पर्ने भएको छ ।

शान्ती वनको नवौ साधारण सभा कार्तिक ४ गते खुल्ला र ७ गते सदस्य पदको लागि मात्र निर्वाचन भएको थियो । मुख्य पाँच हुनुपर्नेमा सर्वसहमितिको लागि दुई पद सिर्जना गरेर समिती घोषणा भएको थियो ।

शान्ती वनको उपभोक्ताहरु दानबहादुर बोहोरा र दिपेश थापाले कार्तिक २६ गते(मंगलबार) विधान विपरित गैर कानुनी रुपमा समिती घोषणा भएकोले खारेजीको माग गर्दै वन कार्यालयहरुमा उजुरी दिएपछि पदाधिकारी सदस्यहरुको पद धरापमा परेको हो ।

विधानमा अध्यक्षदेखि कोषाध्यक्षसम्म पाँच पद भएपनि सह अध्यक्ष र एउटा हुनुपर्नेमा दुई उपाध्यक्ष बनाई सात मुख्य पदसहित समिती घोषणा भएको थियो । नयाँ समिती चुन्नको लागि पन्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीलाई निर्वाचन अधिकृत तोकिएका थिए ।

निर्वाचन समितिले अध्यक्षमा कुलबहादुर गुरुङ, सहअध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा साजन धिमाल, हेमभक्त गुरुङ, सचिवमा मेनुका राई, सहसचिवमा नवराज मिश्र र कोषाध्यक्षमा कुलमनी गुरुङ सर्वसहमत भन्दै चयन गरिएको थियो । समितिको ११ सदस्यको लागि भने २८ जनाले मनोनयन गरेपछि निर्वाचन भएको थियो ।

खुल्ला ५ मा पुर्ण बहादुर तामाङ, केशव बिष्ट, संजिव गिरी, मिलन राई, साेमराज राई, निर्वाचित भएका थिए । महिला ५ को लागि सीता धिमाल, बन्दना कट्टेल, सीता घले, सुभद्रा निराैला बिष्ट, सरिता राई, निर्वाचित भए ।

आदिवासी जनजातीको कोटामा तीन मध्ये, मनकुमार राई निर्वाचित भएका थिए । नयाँ समितिलाई निर्वाचन समितिले कार्तिक १० गते सफत खुवाएका थिए । सफतसँगै निर्वाचित प्रमाणपत्र प्रदान गरि बधाई शुभकामना आदानप्रदान समेत गरिसकेका छ्न । उपभोक्ताहरु दिपेश थापा र दानबहादुर बोहोराले वन ऐन, शान्तिको विधान र कनुन बमोजिमको समितिलाई कार्वाहीको माग गरेका छन ।

थापा र बोहोराले सब डिभिजन वन कार्यालय पथरीमा उजुरी फिनुको साथै डिभिजन वन मोरङ र १ नम्बर प्रदेश वन कार्यालय विराटनगरमा बोधार्थ दिएको थापाले बताए । विधान विपरित सह अध्यक्ष र एक उपाध्यक्ष, सहसचिव नवराज मिश्र, शिक्षा ऐन बिपरित सचिब मेनुका राई समितिमा रहेका छ्न । राई सरकारी विध्यालयको शिक्षिका हुन भने मिश्रलाई पानी सह सचिव पदमा पुग्न विधानले सम्व।

मुख्य पदमा जान एक कार्यकाल सदस्य हुनुपर्ने उल्लेख भएपनी मिश्र गत कार्यकालको सदस्य थिएनन । सब डिभिजन वन कार्यालयको प्रमुख मोहमद अलाउदिनले शान्ति वनमा विधान विपरित समिती घोषणा भएको डिभिजन वन कार्यालय मोरङलाई लिखित रुपमा यस अघिनै जानकारी गराइसकेको बताए ।

प्रमुख अलाउदिनले साधारण सभा दोहोरिन सक्ने बताए । सहमतीमै नयाँ समिती ल्याइएपनि केही ब्यक्तिको नभएर आम उपभोक्ताहरुको सहमति चाहिन्छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले विधान बिपरित गठन भएको समिती बैधानिक नहुने बताएका छन । गत कार्यकालको समेत अध्यक्ष कुलबहादुर गुरुङ पनि पोखरी निर्माणमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार अनुशन्धान कार्यालयमा मुद्दा धाउदै आएका छन ।

राष्ट्रपती चुरे मधेश संरक्षण कोषबाट पोखरी निर्माण उपभोक्ता समितिको अध्यक्ष बनेका गुरुङले आधा मात्र काम गरेर नगरको जनप्रतिनिधि र कर्मचारीहरुसँग काम सकेको फर्जी कागज मिलाई पुरै रकम निकालेर आर्थिक अनियमितता गरेका थिए ।

सो बिषयमा अख्तियारमा उजुरी परेपछी बाँडीसकेको पैसा १० लाख ८१ हजार रकम संकलन गरि नगरपालिको राजस्वा खातामा फिर्ता गरेका थिए । अख्तियारले अनुशन्धान प्रकृया अघि बढाएपछि रकम फिर्ता गर्नु भ्रष्टाचार गरेको प्रमानित सरह मानिन्छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ००:००