१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Uncategorized

प्रचण्ड र राष्ट्रपति हमिदसँग भेटवार्ता भेटवार्ता



नेपाल कम्युनष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेट वर्ता भएको छ । बिहीबार बिहान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता भएको हो ।

भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए । भेतवार्तामा नेपाल र बंगलादेशबीचको आपसी सम्बन्ध तथा नेपाल भ्रमण वर्ष २०२० को विषयमा छलफल भएको बताइएको छ । त्यस्तै नेपाल र बंगलादेशबीचको समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनासँग भएको थियो । यसैगरी २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ ।

यसैगरी दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ । त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरिने भएको छ ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ००:००