![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/condom-stock-1024x689.jpg?resize=720%2C484)
भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरुले अनिवार्य कण्डम बोकेर हिंड्नै पर्ने भएको छ । कण्म नबोक्ने ट्याक्सी चालकलाई ट्राफिकले कारवाही गर्ने भएपछि ट्याक्सी चालकले अनिवार्य कन्डम बोक्नै पर्ने भएको छ ।
यो समाचार अहिले सञ्चार माध्यमहरुमा निक्कै भाइरल भएको छ । कतिपय भारतिय स्थानीय सञ्चार माध्यमले कम्तिमा पनि तीन ओटा कण्डम ट्याक्सी चालकले बोक्नै पर्ने भएको उल्लेख गरेको छ । स्वास्थ्यमा ध्यान दिएर यस्तो गरिएको भनिएको छ । खासमा ट्राफिक प्राथमिक उपचार बक्स पनि अनिवार्य गराएका छन् ।
भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् ।
कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइएमा भारी जरिवाना गर्ने गरेको चालकहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया