मोरङ । पथरी बहुमुखी क्याम्पस मोरङका विध्यार्थीहरुले मिचिएको नेपाली भूमी फिर्ता गर्न माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको तस्वीरलाई थुक्दै जलाएका छ्न ।
आज नेपाल कम्युनिस्ट पार्टी९नेकपा० सम्बद्द विध्यार्थी संगठन अनेरास्ववियूका नेताहरु निता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियाली लगायतको नेतृत्वमा निस्केको विध्यार्थीहरुले ब्यक अफ इन्डिया, जाली नक्सा खारेज गर, मोदि सरकार मुर्दावाद लगायतको नाराजुलुस लगाएका थिए ।
क्याम्पसदेखि करिव दुई सयको संख्यामा निस्केको विध्यार्थीहरुको र्याली मुख्य सडकमा आएर कोण सभामा परिणत भएका थिए ।
पथरीको पूर्व बस स्टेन नजिकै विध्यार्थीहरुले नारा लाईरहेको बेला त्यहा स्वतह स्फूर्त आएका केही यात्रुहरुले प्रधानमन्त्री मोदिको तस्वीरमा थुक्न थालेपछि विधार्थीहरुले पनि थुक्दै जलाएका थिए । सीमा मिचिएको विषयमा त्यहा उपस्थित विध्यार्थीहरु भारतीय प्रधानमन्त्री मोदिको तस्वीरमा थुक्न थालेपछि अझ आक्रमक देखिन्थे ।
कोणसभामा नेकपा १ नम्बर प्रदेश समिती सदस्य युवराज बस्कोटाले साम्राज्यवादी वेलायत र बिस्तारवादी भारतको सीमा सुरक्षा गर्न सहयोग गर्दै आएको नेपाल आफ्नो देशको सुरक्षा गर्न सक्ने भारतलाई थाहाहुनु पर्ने बताए । नेपालको भूमी आफ्नोमा पारेर नेपालीलाई नजिस्क्याउन नेता बस्कोटाको भारतलाई चेतावनी थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ९फोनिज० १ नम्बर प्रदेश समिती अध्यक्ष अर्जुन जम्नेली राईले अग्रेज सेनासँग लडेका गोर्खालीहरु देशको अस्मिता बचाउन आवश्यक परे राष्ट्रिय युद्द लड्न तयार रहेको बताए । अध्यक्ष राईले जाली नक्सा खारेजी मात्र होइन लिम्पियाधुरा, कालापानीहुँदै लिपुलेकको सीमा पूर्व रहेका भारतीय सुरक्षा फौज फिर्ता गराउन नेपालले पहल थाल्नुपर्ने बताए ।
कोण सभामा अनेरास्ववियूको पथरी क्याम्पसका नेताहरु निता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियाली लगाएतले विचार राखेका थिए ।
सोही बीषयलाई लिएर कार्तिक २३ पथरीशनिश्चरे(३ राष्ट्रियवादी नागरिक ब्यानर मोदिको पुत्ला दहन र पथरी बजारमा विध्यार्थी नेता सुविन पराजुलीको नेतृत्वमा भारतको नक्सा जलाइएको थियो ।
प्रतिक्रिया