करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ । ओकेबाजेले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो ।
साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरिएको छ ।
चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो । ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताए । शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहनुभएका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताउएका छन् । नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उनको भनाइ रहेको छ । उनले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताए ।
७८ वर्षीय ओकेबाजेको नेपाल लगाव पनि गज्जबकै छ । विसं २०५० मा नेपालको अन्नपूर्ण बेसक्याम्प घुम्न आउँदा पाल्पाको पूर्वखोलास्थित ढोलीमारामा बस्न पुग्नुभएको थियो । त्यतिबेला त्यहाँको बसाइँले प्रभावित भएपछि यो काममा लागेका हुन् । “ढोलीमाराको दुःखले मेरो मनमस्तिष्क छोयो त्यसपछि पुनः जापानबाट नेपाल आई त्यही ठाउँको सेवामा लागिरहेँ, लागिरहँे”, उनले भने ।
प्रतिक्रिया