मोरङ । नेपाली भूमी लिम्पियाधुरा, कालापानीहुँदै लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको गाउँगाउँबाट भारत विरोधी भवना फैलने क्रम बढ्दै गएको छ ।
आजमा मोरङ पथरीशनिश्चरे(३ पिपल चौकमा अतिक्रमित भूमी फिर्ता माग्दै भारतीय प्रधानमन्त्रीको पुत्ला दहन समेत भएको छ ।
राष्ट्रियवादी नागरिक समाज पथरीशनिश्चरे(३ नामको ब्यानर भएको कार्यक्रममा लिम्पियाधुरा(हाम्रै हो, कालापानी(हाम्रै हो, लिपुलेक(हाम्रै हो, गो ब्याक(इन्डिया जस्ता नाहाहरु लगाएका थिए ।
जुताको माला लगाइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला बोकेर पिपलचौकदेखि करिव ३ किलो मिटर त्रिवेनी चौकसम्म नाराजुलुससहित र्याली प्रदर्शन गरेका थिए ।
त्रिवेनी चौकमा प्रधानमन्त्री मोदीको पुत्लानाई लात्तले हान्नुको साथै लाठिले घोची घोची अपमान प्रदर्शन गरेका थिए । पुत्ला दहनपछि आयोजित कोणसभामा आर्जुन किराँती, तिर्थ आचार्य, खगेन्द्र लुइँटेलले मन्तव्य राखेका थिए । बक्ताहरुले लेपाली भूमी अतिक्रमण गरि सार्वजनिक भएको नयाँ नक्सा खारेजी र त्यो भूमिबाट सुरक्षा फौज फिर्ता नगरे आम नेपालीहरु राष्ट्रिय युद्ध लड्न पछि नपर्ने चेतावनी दिएका थिए । नेपाल सरकार र विभिन्न दलका नेताहरु एकजुट भएर अतिक्रमित भूमी फिर्ताको पहल गर्न बक्ताहरुको अग्रह गरेका थिए । कार्यक्रममा शिक्षक कृष्ण प्रसाद अधिकारीले राष्ट्रिय स्वाधीनता सम्बन्धि कबिता वाचन गरेका थिए ।
पथरीशनिश्चरे(१ पथरी चौकमा पनि भारतको नयाँ नक्सा र प्रधानमन्त्री मोदिको फोटो जलाएर विरोध गरेका थिए । जाली नक्सा( खारेज गर, सुगौली सन्धी(खारेज गर, मोदि सरकार(मुर्दावाद, लगायतको नारा लगाएका थिए ।
आजै पथरीमा स्वतह स्फुर्त निस्केको विरोध कार्यक्रमको नेतृत्व काग्रेस निकट विध्यार्थी संगठन नेपाल विध्यार्थी संघ निकट स्थानीय नेता सुविन पराजुलीले गरेका थिए ।
र्यालीपछि भएको कोण सभामा अर्जुन किराँती, प्रदिपकुमार राई लगायतले विचार राखेका थिए । कार्यक्रम सन्चारकर्मी विवेक नौपानेले सन्चालन गरेका थिए ।
प्रतिक्रिया