१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

मुख्य खबर

मातृभाषाको विरोध होइन मातृभाषाको नाममा शिक्षा ऐन विपरीत बलजफ्ती शिक्षक नियुक्तीको विरोध : नेकपा



अहिले सामाजिक सञ्जालमा एउटा चर्चाको विषय बन्न पुगेको छ त्यो पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको सञ्चालन भइरहेको मातृभाषाको शिक्षक नियुक्ती गर्दा शिक्षा ऐन नियमावली विपरीत नियुक्ती गरेकाले विद्यालयको अभिभावकले शिक्षक नियुक्तीको प्रक्रृया अवैध भएको भन्दै अदालतमा मुद्दा दायर गरी सुशासनको पक्षमा उभिन्दा नेकपाइतरका काँग्रेस लगायत अन्य दलहरु अतालिएर विभिन्न भ्रम छरेको नेकपा गाउँपालिका कमिटिले एक प्रेश विज्ञप्ती जारी गर्दै यसको कडा विरोध गरेको छ ।

मातृभाषाको विरोध होइन मातृभाषाको नाममा शिक्षा ऐन विपरीत बलजफ्ती शिक्षक नियुक्तीको विरोधगर्दा नेकपा इतरका कांग्रेसलगायत दलहरु तिर्मिराए

विज्ञप्तीमार्फत नेकपालाई भाषा विरोधी भनि सामाजिक सञ्जालमा अनर्गल गाली गलौज गरेकोप्रति घोर निन्दा तथा भत्र्सना व्यक्त गरेको छ भने विज्ञप्तीमा फाल्गुनन्द गाउँपालिकास्थित १६ विद्यालयमा मात्र नभएर अन्य सवै सामुदायिक विद्यालयमा जनसंख्या र भाषाको बाहुल्यताको आधारमा मातृभाषाको पठनपाठन व्यवस्था गरिनु पर्ने माग गरको छ । साथै यसरी मातृभाषा सम्बन्धी शिक्षक नियुक्ती गर्दा स्वेच्छाचारी बलजफ्ती भन्दा पनि शिक्षा नियमावली र ऐनले व्यवस्था गरेबमोजिम नियुक्ती गर्न गराउनसमेत अनुरोध गरिएको छ । तत्कालिन गाउँपालिका अध्यक्ष अमर नेम्बाको देहान्त भएकाले मंसिर १४ गते फाल्गुनन्द गाउँपालिकामा यहि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : २० कार्तिक २०७६, बुधबार ००:००