![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/11/22222.jpg?resize=720%2C442)
जनकपुरधाम ः प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी लगाउने भनि मुख्यमन्त्रीको कार्यालमा पुगेका ४३ पूर्वअस्थायी शिक्षक प्रहरीले गिरफव्तार गरको छ । प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक गिरफ्तार गरेका हुन् । कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले बताएका छन् । सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए । पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् । सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ। विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरूको आरोप छ।
प्रतिक्रिया