कात्तिक १४, २०७६ काठमाडौं , नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। दिउँसो २ बजेपछि धापासी पुगेका अध्यक्ष दाहालले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग पनि भेट गरेका थिए । उनले ओलीलाई भेटपछि अस्पतालबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए। ‘दुई पटक डाइलाइसिस गरी चिकित्सकहरुले आजै डिस्चार्ज दिने भनेका छन्,‘मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ। उहाँले छिटो छिटो समस्या देखिए पनि अहिले ठीक भएको कुरा मलाई जानकारी दिएका छन्।’ दाहालले भने । अध्यक्ष दाहालका अनुसार डायलाइसिस सएिकाले चिकित्सकहरुले केही समय आराम गराएर प्रधानमन्त्रीलाई डिस्चार्ज दिने तयारी गरेका छन्। दुई पटक डाइलाइसिस भइसकेकाले भोलि पर्सीको अवस्था हेरे थप निर्णय लिने जानकारी पाण्डेले दिएको दाहालले बताए। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा केही दिनदेखि गडबडी आएको थियो। ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार ग्राण्डीमा भर्ना गरिएको थियो।
१४ कार्तिक २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया