२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

समाचार

कर विरुद्द वन महासंघद्वारा आन्दोलनको चेतावनी



मोरङ । सरकारले तेहोरो कर लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश समितिले दोश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन ।

आज (कार्तिक १४) मोरङको पथरीमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलन गर्ने घोषणा गरेको छ ।

सामुदायिक वनले यस अधि सखुवा र खयर जातको काठ उपभोक्ता भन्दा बहिर बिक्री हुँदा १५ प्रतिशत संघ सरकारलाई बुझाउदै आएका थिए । संघीय राज्य व्यवस्था सुरु भएपछी १ नम्बर प्रदेश सरकारले साल, खयर बाहेकको काठ बिक्रीमा १५ प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत कर लिने कानुन बनेपछी सामुदायिक वन आन्दोलनला लागेको हो ।

सामुदायिक वनले संघ, प्रदेश र स्थानीय सरकार गरि ४० प्रतिशत कर तिर्नुपर्ने भएपछी वनबाट १५ प्रतिशत एकद्वार प्रणालीमा कार तिर्ने व्यवस्था गर्न महासंघको माग रहेको छ ।

महासंघको प्रदेश, जिल्ला र स्थानीय तहको संयुक्त पत्रकार सम्मेलनमा महासंघको प्रदेश १ अध्यक्ष तुलशी संग्रौला, सचिव अग्नि पौडेल, जिल्ला अध्यक्ष रामकृष्ण राई, पथरीशनिश्चरे नगर अध्यक्ष रविन राई र सामुदायिक वन पदाधिकारीहरु सहभागी रहेका थिए ।

यश अघि जिल्ला प्रमुख अधिकारी र स्थानीय सरकार मार्फत सरकारलाई ग्यापन पत्र बुझाएका थिए । सुनुवाइ नभएपछी दोस्रो चरणको आन्दोलन गर्नु परेको महासंघको प्रदेश सचिव अग्नि पौडेलले बताए ।

महासंघ प्रदेश समितिको १८ गते बैठक बसेर विराटनगरमा बृहत आमसभा आयोजना गरिने प्रदेश अध्यक्ष तुलशी संग्रौलाले बताए । आन्दोलनसँगै प्रदेशको मुख्यमन्त्री शेरधन राईसँग छलफल भइरहेकोले वार्ता र संघर्षसँगै हुने बताए ।

प्रकाशित : १४ कार्तिक २०७६, बिहिबार ००:००