२१ माघ २०८१, सोमबार । February 4, 2025

समाचार

ब्याडमिन्टन खेलाडी धामीद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण




ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गर्नुभएको छ ।
दशैँ–तिहारको अवसरमा उहाँले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गर्नुभएको हो ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीले हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेका छोरा दिपेशले बेसहारा बालबालिकालाई सहयोग गर्न खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई वितरण गरेको बताउनुभयो ।

प्रकाशित : ११ कार्तिक २०७६, सोमबार ००:००