![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/49706033_1953896918245364_905498733720895488_n-1-1-500x1024.jpg?resize=500%2C1024)
रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मुसिकोट नगरपालिका–७ को बैरीदहस्थित मध्यपहाडी लोकमार्गबाट चितुवा अङ्ग (ओखेटोपहार) छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनभुयो । उहाँका अनुसार पक्राउ परेका दुवैलाई शङ्कास्पद अवस्थामा बाटोमा आउँदै गरेको फेला पारी निजहरुको तलासी गर्दा सेतो रङको प्लाष्टिक बोराभित्र चितुवाको छाला फेला परेको बताइएको छ । पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।
प्रतिक्रिया