२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

रोचक

घरपालुवा जनावरसंग १० मिनेट समय विताएमा तनाबबाट मुक्त,स्वास्थ्यको दृष्टिले फाइदा फाइदै



टोकियो,घरपालुवा जनावरसंग समय विताउने कलेजका विद्यार्थीहरुको मानसिक अवश्था राम्रो भएको भेटिएको छ । ताकी उनीहरुको तनावको तह कमी हुन गई दैनिकीमा सहयोग पुगेको छ । एक अध्ययनले दावीका साथ भनेको छ अक्सर विद्यार्थीहरु अध्ययन तथा परीक्षा तयारीको बेला बढी तनाव लिने गर्छन् । यहिँ विषयमा वाँशिंगटन स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले अध्ययन गरेका हुन् ।

अधिकतर युनिवर्सिटीजद्धारा ‘पेट योर स्ट्रेस अवे’ कार्यक्रम शुरु गरेका छन् ,जहाँ विद्यार्थीहरु कुकुर वा विरालोसँग खेल्न खेलाउन सकिन्छ । वाशिंगटन स्टेट यूनिवर्सिटीसँग आवद्ध प्राध्यापक पेट्रीसिया पेंड्रीका अनुसार घरपालुवा जनावरसँग १० मिनेट रहेर अध्ययन गर्नेहरुको स्वास्थ्य राम्रो भई राम्ररी अध्ययन गर्न सक्छदछन् । विद्यार्थीहरुले कुकुरको छाउरा वा विरालोसँग समय विताएर अध्ययन गरेको अवस्थामा उनीहरुमा कार्टिसोल हार्मोनमा कमी भई तनाव व्यवस्थापन गर्न सजिलो हुन्छ । कार्टिसोल हार्मोन तनाव उत्पन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

वशिंगटन स्टेट युनिभर्सिटीका शोधकर्ताहरुद्धारा २४९ कलेजका छात्रामाथि गरेको अध्ययन अनुसार घर पालुवा जनावरसँग समय विताएको अवस्थामा कार्टिसोल हार्मोनमा कमी हुन गई तनाव व्यवस्थापन सहयोग पुयाउने गरेको सिद्ध गरेको छ । तनाव उत्पन गराउन यो हार्मोनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।


कुकुरको छाउराको साथमा रहेका विद्यार्थीहरुको मानसिक अवश्था पनि राम्रो र तेजिलो हुन्छ ः
यस सोध अध्ययनमा कलेजका २४९ छात्राहरुलाई सामेल गरिएको थिया । उनीहरुलाई ४ समूहमा विभाजन गरेर अध्ययन गरिएको थियो । अध्ययनकर्ताहरुले पहिलो समूहका विद्यार्थीहरुसंग कुकुर र विरालोका साथ १० मिनेट समय विताउन दिएका थिए,त्यस्तै दोस्रो समूहका विद्याथीहरुले पहिलो समूहले कुकुरसँग खेलिहरुको हेर्न लगाएका थिए ।
त्यस्तै तेस्रो समूहका विद्यार्थीहरुलाई भने तिनै कुकुर र विरालोहरुको फोटोको स्लाइड बनाएर देखाएका थियो र चौथो समूहका विद्यार्थीहरुलाई भने सिर्फ विद्यार्थीहरुलाई प्रतिक्षा गर्न भनि लगाइएको थियो । यसरी सवै समूहका विद्यार्थीहरुको स्याम्पल लिइयो जसमा यो रिपोर्ट पत्ता लाग्यो कि जुन छात्राहरु घर पालुवा जनावर कुकुर वा विरालोसँगका साथ समय विताए अर्थाथ पहिलो समूहका विद्यार्थीहरुमा कार्टिसोलको स्तर कम भेटियो । यसरी समय वताउने विद्यार्थीहरुमा तनावको हार्मोनमा कमी हुन गई उनीहरुको मानसिक स्वास्थ्यको फाइदा लिन सकिन्छ ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलबार ००:००