१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

शान्ति प्रक्रियाका बाँकि काम टुङ्ग्याउन अन्तिम निष्कर्षमा पुग्दैछौं : दाहाल



पत्रकार भेटघाट पाँचथर, ५ कात्तिक (रासस) मंगलबार पाँचथरको सदरमुकाम फिदिममा पत्रकारसँग कुरा गर्दैै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ । तस्वीरः विपुल अधिकारी


कात्तिक ५ पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रकृयाका बाँकि काम टुङ्याउन अन्तिम चरणमा पुगेको बताउनु भएको छ । पाँचथरको सदरमुकाम फिदिममा नेकपाको जिल्ला स्तरीय बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आउनु भएका दाहालले पत्रकाहररुसंग कुरा गर्दै त्यस्तो बताउनु भएको हो ।
राजनीतिक दलहरुका विचमा सकारात्मक ढंगबाट संवाद भइरहेकोले उक्त काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।

उहाँले संक्रमणकालका कामहरु टुङ्ग्याउन संवाद भइरहेको बताउनु भएको हो । उहाँले भन्नुभयो–“हिजो मात्र हामि र प्रतिपक्षका नेता शेरबहादुर देउवालगायतका नेता विचमा छलफल गरेका छौं । हामि शान्ति प्रकृया टुङ्ग्याउन बाकी कामका लागि लागि अन्तिम निष्कर्षमा पुग्दै छौंं ।”
उहाँले संघिय लोकलान्त्रीत गणतन्त्रलाई सुदृण गर्ने र उक्त गणतन्त्र मार्फत समृद्धिको नयाँ यात्रा सुरु गर्ने समेत बताउनु भयो ।
उहाँले अर्को एक फरक प्रसंगमा छिमेकी देश संगको सम्बन्ध बलियो भएको दावी गर्नुभएको छ । दाहाले भर्खरै चिनिया राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको दुई पक्षिय सदभाव, नेपालको विकासमा देखाएमा सहयोगको तत्परताले महत्व राखेको बताउनु भयो । त्यस्तै भारत संगको सम्बन्ध पनि सकारात्मक परिवर्तन भएको उहाँको दावी छ । भारतको मोतिहारी देखी नेपालको अम्लेखगन्ज पाइपलाईन् दुई देश विचको प्रधानमन्त्रीको संयुक्त उद्घाटनले सामान्य उद्घाटन मात्र नभएर दुई देश विचको सम्बन्धको नयाँ आयाम दिने कोसिस भएको उहाँको भनाई छ ।

जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम पाँचथर, ५ कात्तिक (रासस) मंगलबार पाँचथरको सदरमुकाम फिदिममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रशिक्षण कार्यक्रम सहभागी पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल …प्रचन्ड’, नेकपाका महासचिव विष्णुप्रसाद पौड्याल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा पाँचथरका इनचार्ज इन्द्रबहादुर आङ्बो लगायत । तस्वीरः विपुल अधिकारी

प्रकाशित : ५ कार्तिक २०७६, मंगलबार ००:००