२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

हरे भगवान ! २० वर्षदेखि थुनिएका एक युवाको उद्धार




दुई दशकदेखि कोठामा थुनिएका एक युवाको आज उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङको पहलमा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित हाडेटारका ३४ वर्षीय राजु विकको उद्धार गरिएको हो । उनलाई उपचारका लागि पोखरा लगिएको छ । उद्धारमा आश्रमका संयोजक अनिता अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष कृष्णबहादुर आलेलगायत खटेका थिए । विककी आमा लुरीमायाले उद्धारपछि सहज भएको बताए । महेन्द्र मन्दिर माविमा कक्षा ४ मा पढ्दैदेखि विकमा मानसिक समस्या देखिएको हो । त्यसपछि उनलाई घरमा कोठामा थुनेर राखिएको थियो ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार ००:००