२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

चन्द्रागिरी-चम्पादेवी ट्रेल प्रस्तावना विश्वको उत्कृष्ट पाँचमा (यसरी गरौं भोट)




काठमाण्डौ १ कार्तिक । साना स्तनधारी संरक्षण तथा अनुसन्धान फोउनडेसनले तयार पारेको प्रस्तावना विश्वको उत्कृष्ट पाँचमा छनोट भएको छ ।
युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनलेको मुल्याङकनमा पाउँण्डेसनले तयार पारेको चन्द्रागिरी चम्पादेवी ट्रेल सफा गरौ प्रस्तावना छनोट गरेको हो ।
‘प्लास्टिकले सरसफाइ’ समूह अन्तर्गत उत्कृष्ट ५ भित्र परेको हो । उत्कृष्ट पाँचमा परेको प्रस्तावना मध्ये अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा छानिने छ । पब्लिक भोटिङको लागि उत्कृष्ट पाँचलाई एसोसिएसनको वेवसाइटमा राखिएको छ ।

के छ चन्द्रागिरिी चम्पादेवी सफाई अभियान प्रस्तावनामा ?


काठमाडौंको दक्षिण क्षेत्रमा रहेको चन्द्रागिरीमा भएको फोहोर विशेष गरी प्लास्टिकले त्यहाँका वन्यजन्तु र वासस्थानमा असर गरेको छ । चन्द्रागिरीलाई सङ्कतापन्न अवस्थामा रहेको सालकको वासस्थान र चितुवा को करिडोरको रुपमा रहेको छ । तर पनि, जैबिक विविधता र फोहोर व्यवस्थापनाको अभावले गर्दा प्रकृतिले नराम्रा परिणाम भोगिरहेको छ ।
यसको बिरूद्धमा साना स्तनधारी संरक्षण तथा अनुसन्धान फोउनडेसनले चन्द्रागिरी(चम्पादेवीमा सरसफाइ अभियान सुचारु गर्नका साथै स्थानिय समुदायमा फोहोर महिला वयस्थापनको प्रशिक्षण गर्दै छ । यसैगरी आगन्तुकहरुको अनुभव तथा त्यहाँका वन्यजन्तु सम्बन्धी ज्ञान वृद्धि गर्ने उद्देश्यले चन्द्रागिरीदेखी चम्पादेवीसम्म सूचना मुलक होर्डिङ बोर्ड जडान गरिने छ । चन्द्रागिरी चम्पादेवी मुन्तिरका गाउँहरुमा सचेतनामूलक तालिमहरु सञ्चालन गरिने छ । जैविक विविधता र वन्यजन्तु संरक्षणमा स्वयमसेवकहरु परिचालन गरिने छ ।

यसरी गरौं भोट
१) यो लिङ्क खोल्नुस

https://www.outdoorconservation.eu/project-voting-category.cfm?catid=3&fbclid=IwAR0A2nIGPnHk8cJNBXLFXmLUaARVknz9JaONX1xgYxEHdvKcbUgHJDfby9g

२) “Clean Up Chandragiri to Champadevi Trail Nepal” को तल “Vote Now” मा क्लिक गर्नुहोस्

३) खुलेको पेजमा “I am not a Robot” मा क्लिक गर्ने (सोधिएको चित्र चुटाउनुहोस् मोबाइलको प्रयोग गर्दा कहिले काँही नक्सा/चित्र दिएर क्लिक गर्न भन्ने गर्छ l जस्तै कार भएको चित्रमा भन्यो भने ३-४ वटा कार भएको फोटोमा छुनु होला l )(इमेल अनिवार्य छैन) ।

४) “Terms and Conditions” मा क्लिक (टिक) गर्नुहोस् ५) अन्त्यमा “Cast your Vote” मा क्लिक गरि यस प्रोजेक्टमा आफ्नो सहायता दिनुहोस् ।

    

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ००:००