२६ माघ २०८१, शनिबार । February 9, 2025

खेलकुद

पथरीमा नकआउट फुटबल एपीएफलाई स्तब्ध बनाउँदै लेटाङ सेमि फाइनलमा प्रवेश



मोरङ । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (सुक्रबार) भएको खेलमा शसस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापालाई ट्राइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेस गरेको छ ।

खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि भएको ट्राइवेकर ५-४ गोल अन्तरले लेटाङ विजयहुँदै प्रतियोगिताको दोस्रो चरणमा प्रबेस गरेको हो ।

लेटाङका खेलाडिहरु मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अन्जेत श्रेष्ठले गोल गरेका थिए । अपीफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ, रोसेस श्रेष्ठले गोल गरेपनी रबिन खडकाले प्रहार गरेको गोल पोस बाहिरिएपछी पराजय स्वीकार गर्नु परेको थियो ।

खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए । भोलि (शनिवार)को खेल दमक फुटबल एकेडमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए । यस अघिको खेलमा मोरङ उर्लाबारी र धरान प्रतियोगिताको सेमि फाइनलमा प्रबेस गरिस

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ००:००