२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

मदिराको नसामा लठिएर आफ्नै छोरीलाई बलात्कार प्रयास



गुल्मी, १ कात्तिक । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । इस्मा गाउँपालिका ४ दोहोलीका ४१ वर्षीय बाबु पक्राउ परेका हुन् ।

उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी छिन् ।

पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : १ कार्तिक २०७६, शुक्रबार ००:००