२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

सांसद अफतावले प्रहरीकै सहयोगमा मृतक र घाइतेलाई ईटाभट्टामा लगेर आगो झोसेको प्रत्यक्षदर्शीको भनाई



काठमाण्डौ । रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम विष्फोटपछि मृतक र घाईतेलाई ईटाभट्टामा आगो लगाएको अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमम्द आफताब आलमलाई प्रहरीले नै सहयोग गरेको खुलेको छ ।

०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो ।

संविधानसभाको पहिलो चुनावलाई लक्षित गरी बम बनाउँदै गर्दा विष्फोट भएको घटना लुकाउन घाइतेहरूलाई इँटा भट्टामा लगेर हत्या गरेको आरोप आलममाथि छ ।

०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप आलममाथि लगाइँदै आएको छ ।


प्रहरीकै सहयोगमा आलमले बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा झोसेर हत्या गरेको तथ्य बाहिर आएको छ ।


घटनापछि मानवअधिकारको क्षेत्रमा देशकै अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम नेतृत्वले स्थलगत अनुगमन गरि प्रतिवदेन तयार पारेको थियो ।


बम बिस्फोटको प्रमाण नष्ट गर्न मृतक र घाइतेहरुलाई जलाएर मारेको प्रत्यक्षदर्शीहरुले त्यसबेला बताएको प्रतिवेदनमा उल्लेृख छ
रौतहट क्षेत्र नं १ बाट निर्वाचित सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारले किटानी उजुरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन । सर्वोच्च अदालतले ०६९ जेठ १६ गते उजुरी दर्ता गर्न प्रहरीलाई आदेश दिएको थियो ।

उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । चार पटक मन्त्री समेत भइसकेका छन् । कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रिय सदस्य समेत भइसकेका थिए ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिवेदनमा उक्त घटनाको नेपाली कांग्रेसबाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानविनका लागि आह्वान गरेका, घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगि उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ रहेको उल्लेख छ ।

इन्सेकलगायत मानव अधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकाहरूमध्ये वसि अख्तर मिँयाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटमा महमद अफताव आलमसहित चार जनाविरूद्ध किटानी उजुरी दिएका थिए ।

उक्त उजुरी दर्ता नगराएको प्रहरीले हुलाक मार्फत दिइएको उजुरी ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई दर्ता गरेको थियो ।

घटनालाई मिलाउन मोहमद अफताव आलमले पीडित पक्षलाई २ लाख रुपियाँ दिन खोजेको थिए ।

घटनाका एक प्रत्येक्षदर्शीको भनाइ


आफताफ र सराज दुई जनाले मोहमद ओसि अख्तरलाई काम छ भनी जान भने तर उ जान मानेन । जान नमानेपछि अख्तरलाई जवरजस्ती लगे । अख्तरलाई लगेपछि उनीहरूको पिछा गर्दै म पनि साइकलमा गए । काङ्ग्रेस उमेदवार मोहमद आफताब आलमको घरमा पुगेपछि अफतावले अख्तरलाई घरमा बसाल्यो र म गएपछि मलाई घरभित्र जान दिइएन । मलाई बाहिर बस भने । म बाहिर वसँे र एक छिनपछि म अख्तर बसेको घरको झ्यालबाट हेर्दा घरभित्र बमको छली लागेको देखे । कसैले बम उठाएर हेरिरहेको थियो । कोही सिगरेट त कोही बिँडी तानिरहेका थिए ।


पुनः म त्यहाँबाट फर्केर बाहिर बसिरहेको अवस्थामा बम राखिएको घरमा विस्फोटन भयो । कसरी
बम विस्फोट भयो थाहा भएन । त्यतिखेर पिन्टु र अख्तर घाइते अवस्थामा बाहिर निस्केको देखे । ती दुवै जनाले हामीलाई अस्पताल पु¥याऊ भने । म त्यहाँ लिन जाँदा उनीहरू रिसाए अनि म त्यहाँबाट भागे । राति भएकाले गहुँको खेतमा लुकेर बसे । राति १२ बजे डरले सुतिरहेको अवस्थामा अगाडि पुलिसको गाडी बीचमा ट्रयाक्टर र पछाडिमा रहेको पुलिसको गाडिमा काङ्ग्रेस उमेदवार आफताव पनि थिए ।

ट्रयाक्टरमा घाइतेहरूलाई राखी चिम्निमा लगे, घाइतेहरू रुदै थिए । म त्यो देखे पछि म
त्यहाँबाट भागे ।

यहाँ क्लिक गरि पुरा प्रतिवेदन पढ्नुहोस

प्रकाशित : ३० आश्विन २०७६, बिहिबार ००:००