![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/arrested-new-bedford-cuffs-600x330.jpg?resize=600%2C330)
कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् । क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया