काठमाडौं २९ असोज। दोलखाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।
स्थानीय चुनाव २०७४ बैशाख लगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौं आक्रमण भएको थियो ।
खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका थिए ।
प्रतिक्रिया