ललितपुरको पुलचोकस्थित निदान अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जना पक्राउ परेका छन् ।
अस्पतालले एउटाको नाममा अर्कैको व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेका हुन् । त्यस्तै पक्राउ पर्नेमा अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् ।
अस्पतालले एउटाको मिर्गौला झिक्ने भनी अर्कै व्यक्तिको मिर्गौला झिकेर बिक्री गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको व्यूरोका प्रवक्ता गोविन्द थपलियाले बताए ।
प्रतिक्रिया