१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

राजपा नेता सांसद साह पक्राउ गरी जनकपुर पठाईयो



सांसद साह पक्राउ जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ । जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । राजपाले भने पक्राउको विरोध गरेको छ ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलबार ००:००