२७ माघ २०८१, आइतबार । February 9, 2025

Uncategorized

एनआरनएनए विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्‍घाटन



काठमाडौं । गैरआवासीय नेपाली ९एनआरएनए० को नवौं विश्व सम्मेलन काठमाण्डौमा सुरु भएको छ। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्‍घाटन गर्नुभएको छ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरू भएको एनआरएनए सम्मेलन ३० असोजसम्म चल्नेछ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन सुरु भएको हो ।

यसपटक दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा भिड्ने भएका छन् । अध्यक्षसहित कुल १२ पदमा ४२ जना निर्वाचित हुनेछन् ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलबार ००:००