२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

मुख्य खबर

दाहाल र शेर्पाले लिए सपथ




अष्टे«लिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आज आआफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित भएका थिए । यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।

प्रकाशित : २८ आश्विन २०७६, मंगलबार ००:००