![2019 Nobel Prize for Economics: Abhijit Banerjee, Esther Duflo and Michael Kremer](https://i0.wp.com/i10.dainikbhaskar.com/thumbnails/730x548/web2images/www.bhaskar.com/2019/10/14/0521_nobel_t.jpg?resize=720%2C540&ssl=1)
सन २०१९ का अर्थशास्त्रतर्फका नोबल पुरस्कार भारतका अभिजीत बनर्जीलाई प्रदान गर्ने भएको छ । भारतका मुम्बईमा जन्मेका बनर्जी अमेरीका मैसाचुसेट्स इस्टीच्युट अफ टेक्नोलोजीका अर्थशास्त्रका प्रोफेसर हुन । बनर्जीसँगै उनको पत्नी एस्थर डुफ्लो र माइकल के्रमर को भीलाई पनि यस सम्मानबाट पुरस्कृत गरिने भएको हो ।
२१ वर्ष पछि यस पुरस्कारद्धारा भारतीय मुलका अर्थशास्त्रीलाई पुरस्कृत गरिएको हो । यस अघि १९९८ मा अमत्र्य सेनलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो । भारतका कैलाश सत्यार्थीलाई भने २०१४ को शान्तीतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
गरिवी न्युनिकरणको लागि “विश्वव्यापी गरिबी निवारण गर्न प्रयोगात्मक दृष्टिकोण ” प्रतिपादन गरेवापत यो पुरस्कारद्धारा पुरस्कृत गरिएको जनाइएको छ । हालै सम्पन्न लोकसभा चुनावमा काँग्रेसले आफ्नो चुनावी योजना निर्माणका लागि बनर्जीले सल्लाहकारको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘न्याय योजना’ अन्तर्गत हरेक गरिवका खातामा प्रति महिना ६ हजार रुपैयाँ र वार्षिक ७२ हजार जम्मा गर्ने ग्यारेण्टी गर्न योजना कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई बनर्जीले सुझाएका थिए । ।
को हुन् अभिजीत बनर्जी ?
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/abhijit-banerjee-nobel-prize-economics-2019_f364387e-ee94-11e9-be9e-d0f913dac911-1.jpg?w=720)
अभिजीत विनायक बनर्जी २१ फेब्रुवरी १९६१ म भारतको मुम्बईमा जन्मेका हुन ।
युनिभर्र्सीटी अफ कलकता र हार्वड युनिभर्सीटीबाट उच्च शिक्षा लिएका बनर्जीले १९८८मा हार्वड विश्व विद्यालयबाट नै विद्यावारीधि हासिल गरेका थिए ।
अभिजीत बनर्जी ब्युरो अफ द रिसर्च इन इकोनोमिक्स एनालिसिस अफ डिभलपमेन्ट का पूर्व अध्यक्ष हुन् ।
अभिजीत बनर्जीले पहिलो विवाह एमआइटीका प्रोफेसर डा अरुंधती बनर्जीसंग गरेका थिए तर यो विवाह सफल भएन । १९९१ अरुधंतीसंगको वैवाहिक जीवन टुंगिएको थियो ।
बनर्जीले २०१५ मा अभिजीत बनर्जीले एस्थर डुफ्लोसँग दोस्रो विवाह गरेका हुन् । एस्थर अर्थशास्त्रतर्फ नोवेल पुरस्कारद्धार पुरस्कृत हुने दोस्रो युवा अर्थशास्त्री हुन् ।
बनर्जी,डुफ्लो र के्रमर गरी तीन जनाले गरिवीविरुद्ध लड्न सर्वश्रेष्ठ तरीका प्रतिपादन गरेका हुन् । गरिवीको विषयमा छोटो–छोटो प्रश्नबाट प्रभावकारी जवाफ सिर्जना भई बच्चाको शिक्षामा वृद्धि भई स्वास्थ्य क्षेत्रको विकास र गरीवी निवारणमा महत्वपूर्ण योगदान पुग्ने निष्कर्षमा पुगेका छन् । यि तीन जनाको रिसर्चले भारतीय मूलका ५० लाख बच्चालाई प्रत्यक्ष लाभ मिल्ने रोयल स्वीस एकेडेमीले उल्लेख गरेको छ ।
प्रतिक्रिया