१ चैत्र २०८१, शनिबार । March 15, 2025

समाचार

सी चिनफिङले प्रचण्डलाई भने,‘तपाई भेट्रान राजनीतिज्ञ हौं’



चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमणको क्रममा होटल सोल्टीमा नेकपा अध्यक्ष प्रचण्डसँग भएको भेटवार्तामा सीले प्रचण्डलाई खप्पिस राजनीतिज्ञको रुपमा प्रशंसा गरेका छन् ।
भेटबार्तामा दुई देशको दुई कम्युनिष्ट पार्टीका अन्तर सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा सहमती गरेका थिए । भेटवार्तामा सीले भने,‘प्रचण्ड नेपालको भेट्रान राजनेता हुनुहुन्छ,तपाइँ चिनीयाँ जनताको असल र पुरानो साथी पनि हौँ ।’ नेपाल र चीनको सम्बन्ध बलियो बनाउन प्रचण्डको योगदान महत्वपूर्ण रहेको भन्दै सीले प्रचण्डको उच्च प्रशंसा गरेको चाइनबाट प्रकाशित ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित : २७ आश्विन २०७६, सोमबार ००:००