![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/72365991_679693852439681_3213902256407576576_n.jpg?resize=480%2C640)
गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम–२ का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–२ का दलकर्ण राई रहेका छन् । उनको नोभेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।
गत असोज १७ गते बा ५२ प ६२०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक फिदिम–४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया