![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/66580269_2362367407204629_4723195081807364096_n.jpg?resize=720%2C405)
२६ असोज,काठमाण्डौं ,लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजना अब निर्माण हुने सुनिश्चित भएको छ । चिनियाँ र नेपाली सरकारी–सरकारी कम्पनीवीचको साझेदारीमा निर्माण गर्ने सुनिश्चित भएको हो ।
चिनिया राष्ट्रपति सी चिनपिङको दुई दिने राजकीय नेपाल भ्रमणको सिलसिलामा आज उक्त आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए । पुनका अनुसार कुल ७६२ मेगावट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने विषयमा समझादारी भएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डमा पेश गरिएको प्रस्तावमा एचआइडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरी छलफल गरिएको थियो । यो आयोजना आगामी एक वर्षभित्र निर्माणसम्बन्धी सम्पूर्ण तयारी गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराजा पोखरेलले बताएका छन् । नेपाल र चिनियाँ सरकारी कम्पनीवीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको यो पहिलोपटक भएको जनाइएको छ । तमोर जलाशययुक्त आयोजनाको रीण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्ने समझादी भएको हो । उक्त आयोजनाको कुल खर्च करिव ढेड खर्व लाग्नेन अनुमान गरिएको छ । यद्यपी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार नभइञ्जेल के कति लगानी लाग्ने हो त्यसको आधिकारीक खर्च भन्न नसकिने उर्जा,जलास्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।
तमोर जलाशययुक्त आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणधीन आयोजनासमेत विस्थापित हुनेछ । यस आयोजनाबाट पाँचथर,ताप्लेजुङ,तेह्रथुम र धनकुटा जिल्ला प्रभावित हुनेछ ।
प्रतिक्रिया